बौधिमाई पूर्ण खोप नगरपालिका घोषणा

राकेश यादव, रौतहट १९ जेठ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका जिल्लाको दोस्रो पूर्ण खोप तथा तेस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरिएको छ ।
पिपरिया परोहामा आयोजना गरिएको कार्यक्रम मा प्रमुख अतिथि प्रदेश २ को प्रदेश सदस्य रामकिशोर यादवले नगरपालिकाको खुल्ला दिशा मुक्त घोषणा गरेका थिए ।
शत प्रतिशत खोप प्रयोग भएको र शत प्रतिशत घरमा शौचालय निर्माण भई प्रयोगमा आएकोले नगरपालिकाको पूर्ण खोप सहित खुल्ला दिशा मुक्त घोषणा गरिएको हो ।
घोषणा समारोहमा सम्वोधन गर्दै प्रदेश सांसद यादवले सामाजिक मान प्रतिष्ठाको कार्यमा सराहनीय भूमिका निर्वाह गरेका स्थानीय नगरवासीलाइ धन्यवाद दिदै पूर्ण सर सफाईको योजनामा लाग्न अपील गरे ।
स्वास्थ्य जीवन जिउनको लागि घरमा शौचालय र सरसफाई अपरिहार्य भएको भन्दै सामाजिक विकासमा सवैको सहयोगको अपेक्षा गरे ।
नगरप्रमुख राजीव रंजन यादवको अध्यक्षतामा भएको कार्यक्रममा निर्वा्चित जनप्रतिनिधि ,विद्यालयका प्रतिनिधि , स्वास्थ्यकर्मी ,महिला स्वास्थ्यकर्मी लगायत खुल्ला दिशा मुक्त अभियानमा लागेका गैर सरकारी संघ सस्था बातावरण तथा बालविकास परिसद , नेपाल रेडक्रस सोसाइटी , हेल्प नेपाल , युएन हैविटेट , सामाजिक परिचालकको कारण शौचालय निर्माणको कार्य संपन्न भएको भन्दै सम्मानित गरिएको थियो ।
१६ नगरपालिका र २ गाउ पालिका भएको रौतहटमा खुल्ला दिशा मुक्त नगरपालिका घोषणा हुन १३ नगरपालिका र १ गाउ पालिका बाकि रहेको छ ।
२ वटा नगरपालिका जेष्ठ महिनाको भित्रमा खुल्ला दिशा मुक्त घोषणा हुने अवस्थामा रहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख अनिल केसरीले जानकारी दिएका छन । स्वास्थ्यको क्षेत्रमा निकै पछाडि परेको रौतहटको अवस्था माथि आउने विशवास गरिएको छ ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com