दोस्रो चरणको भर्ना अभियान सुरु गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २१ जेठ । पहिलो चरणको भर्ना अभियानको सफलता पछि सरकारले दोस्रो चरणको भर्ना अभियान सुरु गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दोस्रो चरणको भर्ना अभियान सुरु गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पहिलो चरणको भर्ना अभियानबाट विद्यालय ल्याउन नसकिएका ५९ हजार ७ सय ३३ बालबालिकालाई विद्यालय ल्याउन र बिद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं अभियानलाई सफल बनाउनको निम्ती मन्त्रिपरिषद बैंठकमा दोस्रो चरणको भर्ना अभियान सञ्चालनको प्रस्ताव गरेका थिए ।

बिद्यालय बाहिर रहेका ३ लाख १३ हजार २ सय ९८ मध्ये पहिलो चरणको भर्ना अभियानको क्रममा २ लाख ५६ हजार ५ सय ५६ बिद्यार्थी बिद्यालय आईसकेका छन । बिद्यालय आउन बाँकी रहेका ५९ हजार ७ सय ३३ बालबालिकालाई पनि बिद्यालयमा ल्याउने उद्येश्यले दोस्रो चरणको भर्ना अभियान शुरु गरिएको हो ।

दोस्रो चरणको अभियानको क्रममा कुनैं पनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्ने, सबैं प्रदेशका सामाजिक विकास मन्त्री र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखहरुको बैंठक राखेर बालबालिकाहरुलाई भर्ना गराउने, प्रत्येक घर–घर पुगेर सर्वेक्षण फाराम भर्ने, अपाङ्गता भएका बालबालिकाहरुलाई अपाङ्गताको प्रकृति हेरी स्रोत कक्षा सञ्चालन भएका नजिकका विद्यालयमा भर्ना गराउने र तराईका जिल्लाहरुमा स्वयंमसेवक परिचालनगरी बिशेष अभियान सञ्चालन गर्ने तयारी रहेको शिक्षा बिभागका महानिर्देशक बाबुराम पौंडेलले जानकारी दिए ।

“एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाईमा स्थायित्व” भन्ने नाराका साथ शुरु गरिएको पहिलो चरणको अभियानमा राजनीतिज्ञ, जनप्रतिनिधि, कलाकर्मी, सञ्चारकर्मी, राष्ट्रसेवक लगायत राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com