सिटिईभिटीको सातवटै प्रदेशमा प्रदेश कार्यालय स्थापना हुने

काठमाडौं, २१ जेठ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को सात वटैं प्रदेशमा प्रदेश कार्यालय स्थापना हुने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी)लाई संघियता अनुरुप प्रदेश स्तरमा लैंजानको निम्ती शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैंठकले ७ वटैं प्रदेशमा प्रदेश कार्यालय स्थापनागर्ने तयारी शुरु गरको हो ।

आइतबार बसेको बैंठकले प्रदेश कार्यालय स्थापनाको निम्ती सम्भाव्यता अध्ययन, नीतिगत र कानुनी व्यवस्था बारे छलफल गर्न बैंठकले निर्देशन दिएको छ ।

संघियता अनुरुप अन्य निकायको ढाँचा तयार भएपनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) को सघिंय स्वरुप तयार भएको थिएन ।

अहिले सिटिईभिटीको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा रहको छ भने चितवनको भरतपुर, ईटहरी र कोहलपुरमा क्षेत्र कार्यालय रहेका छन् ।

यस्तैं प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत नैं राष्ट्रिय सिप परिक्षण समिति, परिक्षा नियन्त्रण कार्यालय र प्राविधिक प्रशिक्षण प्रतिष्ठान छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com