फोरम सरकारमा जाँदा राजपाले असन्तुष्टि जनाउनुको औचित्य छैन : गुप्ता

काठमाडौं, २१ जेठ । संघीय समाजवादी फोरम नेपालले दुई बुँदे सहमति गरी सरकारमा गएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरु असन्तुष्टि पोखिरहँदा फोरम नेपालका राजनीतिक समितिका सदस्य प्रमोद प्रसाद गुप्ताले आपत्ति जनाएका छन् ।

उनले फोरमले संविधान संशोधनका लागि मात्र सरकारमा गएको दाबी गरेका छन् । ‘फोरम सरकारमा जाँदैमा कसैले टाउको दुखाउनु उचित हैन’, उनले भने ।

तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट संविधानसभा सदस्यसमेत रहिसकेका गुप्ताले सोमबार मधेशवाणी रेडियो कार्यक्रमको एक अन्तर्वार्तामा सो कुरा बताएका हुन् ।

रेडियो कार्यक्रममा उनले भने, ‘विगतमा हाल राजपामा रहेका पार्टीहरु फोरमलाई छोडेर पटक–पटक सरकारमा सहभागी भए, मधेश मुद्दालाई कमजोर बनाए तर अहिले हामी संविधान संशोधनका लागि सरकारमा गएका हौं ।’

‘जसरी हामी विगतमा सरकार बाहिर बस्यौं त्यसरी नै अहिले राजपा पनि सरकार बाहिर बस्नुपर्छ,’ उनले थपे, ‘राजपा अहिले सडकमा जानुपर्छ, हामी सरकारमा रहेर दबाब दिन्छौं ।’

उनले राजपा र फोरम संगै आन्दोलन गरेको, प्रदेश २ मा सरकार बनाएको र संशोधनका लागि सडक र सदनबाट दबाब सिर्जना गर्नुपर्ने उनले सुझाव दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com