ज्यानको बाजी लगाएर विद्यालय जानुपर्ने बाध्यता हट्यो

चन्द्रकान्त खनाल, रुपन्देही, २१ जेठ । रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं. ९ अस्नेरीका स्मृति थारु अहिले कक्षा ५ मा पढ्छिन् । आफ्नो टोलमा बिद्यालय नभएपछि वडा नं. ६ मा रहेको जनकल्याण मा.बि.मा पढ्न जानु उनको बाध्यता हो ।

उनको घरदेखि विद्यालय पुग्नका लागि बीचमा खोला तर्नुपर्ने हुन्छ । हिउँदे समयमा त जेनतेन खोला तरेर बिद्यालय जाने उनि बर्खा लागेपछि बिद्यालय पुग्ने ठेगाननै हुदैन । बिद्यालय हिडे पनि खोला बढ्ेपछि पुःन घर फर्किनु पर्ने उनको बाध्यतानै थियो । उनि त एउटा उदाहरण पात्र मात्र हुन उनि लगायत सैनामैना वडा नं. ९ का अश्नेरी,चंखिपुर, बनरहवा, भुजेनी, कुमारगढी, शंकरपुर लगायतका गाउमा बस्ने स्थानियको पिडा हो यो ।

तर अहिले सैनामैना नगरपालिकाको भाँटाचौरमा झोलुङ्गे पुल बनेपछि यहाँका स्थानीयहरु खुशी भएका छन । सैनामैना नगरपालिकाको वडा नं. ६ र ९ मा पर्ने इगुरिया नदीमा सुरु भएको १ वर्ष भित्र पुल बनेपछी यस क्षेत्रका स्थानीयहरु खुशी भएका हुन ।

भाटाचौरमा रहेको जनकल्याण माविमा पढ्नको लागि यहाँका विद्यार्थीले नदी नै तरेर जानु पर्ने बाध्यता रहेको थियो । तर अहिले भने झोलुङ्गे पुल बनेसँगै यहाँका विद्यार्थीहरुलाई सजिल्यै विद्यालयसँग जोडेको छ ।

विद्यार्थीहरुले ज्यानको बाजी नै लगाएर विद्यालय जानु बाध्यताले गर्दा स्थानीयहरुबाट सांसद भरत कुमार शाहले को पहलमा १ वर्ष भित्र नै पुल बनेपछी खोलातरेर जाने विद्यालय जाने विद्याथीहरु पनि खुशी भएका छन् ।

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समिति रुपन्देहीको समन्वयनमा बनेको पुलमा जिल्ला विकास समितिबाट बाट ३ लाख ५९ हजार २ सय ७५रुपैया , सैनामैना नगरपालिकाबाट १ लाख ४३ हजार ७ सय १० रुपैया , स्वाप केन्द्रको अनुदान नगद रु ४ लाख ९५ लाख ६ सय ६८ रुपैया , समुदायबाट ७१ हजार ८ सय ५४ रुपैया गरी करिब जम्मा रु ७१ लाख ८५ हजार ५ सय १५ लागतमा काम सम्पन्न भएको छ ।२०७३ माघ १२ गतेबाट सुरु भएको काम २०७४ असार १५ गतेसम्पन्न भएको हो ।

पुल उद्घाटनको लागि पुगेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य भरत कुमार शाहले जनताको चाहाँना अनुसार आफुले विकास गर्ने बताएका छन । विकासको लागि सबै एक हुनु पर्ने बताउँदै उनले विकासको नाममा राजनीति गर्न नहुने बताए ।

यँहाका स्थानीयबाट भाँटाचौरमा पुलको आवस्यकता रहेको जानकारी पाएको १ महिनामा काम सुरु गरेको बताउँदै कांग्रेस नेता शाहले स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर सैनामैनाको विकास गरिनुपर्नेमा जोड दिए । राजनीतिक त चुनावको समयमा मात्र गर्ने हो अहिले त जनताले विकास चाहेका छन्, त्यसैले आउनुहोस सबै मिलेर विकास गरौ उनले भने ।

स्थानीय सरकारको काम बिकास गर्न हो भन्दै अहिलेको सरकारले स्थानीय तहलाई कम मात्रामा बजेट छुट्टाएकोमा आपत्ती जनाएका छन । केन्द्र सरकारले त नीति निर्माण गर्ने हो सांसद शाहले भने । स्थानीय , प्रदेश र केन्द्र सरकारले श्रोत र साधनको न्यायोचित रुपमा बाड्फाड गर्नु पर्ने बताउँदै उनले जब सम्म संविधानमा भएका कुराहरुको अक्षरस पालना नभए सघीयता खारेजी हुन सक्ने चेतावनी दिए ।

त्यस्तै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले स्थानीय तहमा आएको अधिकार कागजमा मात्र सीमिति हुदाँ चाहे अनुसारको काम गर्न नसकेको बताएका छन । विकासको प्रमुख श्रोत स्थानीय तह भएको बताउँदै केन्द्रीय सरकारले भर्खरै ल्याएको बजेट यर्थात परक आएपनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताए ।

सैनामैना नगरपालिकामा शिक्षा क्षेत्रको सुधार र लागू औषध प्रयोग नियन्त्रण चुनौतीपूर्ण रहेको मेयर कार्कीले बताएका छन । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्मा , नेपाली कांग्रेसका युवा नेता विष्णु प्रसाद पोखरेल , वडा नं. ९ का वडा अध्यक्ष डोलनाथ भण्डारी लगायतले बोलेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com