अन्तर्राष्ट्रिय वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

वीरगंज, २२ जेठ । अन्तर्राष्ट्रिय वातावरण दिवस २०७५ को उपलक्ष्यमा जि.एच.पी.मा.बि.ले विद्यालयको प्रा¨नमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

सो अन्तर्राष्ट्रिय वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख विजय सराबगी र विशेष अतिथि अर्थ मिस नेपालकी रोजिना श्रेष्ठले विद्यालयको प्रा¨नमा बिरुवा रोपी कार्यक्रमको उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रमको अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका डि.एस.पी. राजन लिम्बू, श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुमार कोइराला, सशस्त्र सीमा प्रहरी बल इकाई चिनी मिल वीरगंजका सशस्त्र प्रहरी निरिक्षक प्रेमध्वज साह, बीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई, विद्यालयका प्रिन्सिपल रमिन्दर कौर, जैक सिहं, बीरगंज महानगरपालिका कार्यालयका सल्लाहाकार सज्जन अग्रवाल, रिपोर्टस क्लब नेपालका मधेश क्षेत्रिय संयोजक तथा पर्सा जिल्लाका संयोजक कन्हैया गुप्ता, लक्ष्मी साहित्य नेपाल पर्साका अध्यक्ष तथा राष्ट्रिय दैनिकका सम्पादक महेश चन्द्र गौतम, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ को प्रदेश सभा सदस्य जगत राई लगायतका महानुभावहरुले अन्तर्राष्ट्रिय वातावरण दिवसको उपलक्ष्यमा विद्यालयको प्राङ्गनमा बृक्षारोपण गरेका छन् ।

वृक्षारोपण कार्यक्रमको सभापति विद्यालयका प्रिन्सिपल रमिन्दर कौरको सभापतित्वमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथी तथा अतिथीहरुलाई कार्यक्रमका सभापति तथा विद्यालयका प्रिन्सिपल कौरले मायाको चिन्हो प्रदान समेत गरेका थिए ।

सो कार्यक्रममा विद्यालयका बालबालिका तथा शिक्षक शिक्षिकाहरुको व्यापक उपस्थिति समेत रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com