घरेलुहिंसा न्यूनीकरण गर्न अभिमुखीकरण

राम नारायण पंडित, सिरहा, २२ जेठ । मिर्चैया नगरपालिका वडा नं. २ मल्हनियाँखोरीमा दलित, जनजाति युवायुवतीहरुलाई लक्षित गरी घरेलु हिंसा, बाल विवाह र बहुविवाह सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

समाजमा विद्यमान रहेका घरेलुहिंसा, बालबिबाह र बहुबिबाह न्युनिकरण गर्ने उदेश्यले एक दिने अभुमुखिकरण कार्यक्रम गरिएको सनराईज सामुदायिक बिकास केन्द्र मल्हनियाँखोरीका अध्यक्ष घनश्याम श्रेष्ठले बताए ।

मिर्चैया नगरपालिकाको आर्थिक सहयोग र सनराइज सामुदायिक बिकास केन्द्र मल्हनियााँखोरीको आयोजनामा संचालन गरिएको कार्यक्रममा सय जना युबायुबतिहरुको सहभागिता रहेको आयोजकले जनाए ।

संस्थाका अध्यक्ष घनश्याम श्रेष्ठको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेल र बडा नं. २ का बडा अध्यक्ष धनिकलाल यादब लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राधा श्रेष्ठ र शम्भु श्रेष्ठले प्रशिक्षण दिएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com