नेपालको जग्गा जमिन दलालहरुको कब्जामा : कृषिमन्त्री खनाल

चन्द्रकान्त खनाल, रुपन्देही, २३ जेठ । कृषिमन्त्री चक्रपाणी खनालले नेपालको जग्गा सबै दलालको हातमा रहको वताएका छन् । देशभरका जग्गाहरु न व्यक्तिको हो न त सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको बताए ।

रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्री खनालले कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना नीति बनाउन लागेको उल्लेख गरे ।

भुमिसम्बन्धिनीति, ऐन भुउपयोग नीतीलगायतका नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदमचालिने खनालले बताए । मन्त्रीखनालले भने मैले जग्गाको २५ प्रकारको बर्गिकरण गरेको छु नीति बाहिरको अंशबण्डा समेत रोक्ने गरि कामअघिबढाएको छु। अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्रीखनालले नीतिबाहिरको अंशबण्डा रोक्नको लागीपहलगर्ने बताए ।

सरकारले अहिले कृषिको लागी हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको लागीसमेत सहुलियतको ब्यवस्थागरिने उल्लेख गरे ।नेपालमा १ लाख २१ हजारको संख्यामा मोही हरु रहेको बताउदै उनले देशमा रहेका मोहीहरु हटाउने दाबि गरे ।कार्यक्रममाबोल्दै मन्त्रीखनालले अहिलेको सराकारबाट जनताको अपेक्षाअनुसारको गतिनआएको बताउँदै केही योजनाहरु बन्दै गरेको बताए । नेपालमा हरेक स्थानमा सिण्डीकेट रहेको बताउँदै त्यसको अन्त्यको लागी सरकार लागी पर्ने बताए ।

कृषिमापनि रहेको सिण्डिकेट हटाउने उनले दाबि गरे ।कृषिको लागीआवश्यकमल, किटनासक बिसादीलगायतका कुराहरु सिण्डीकेटकै सञ्जालभित्र रहेको बताए। उनले भने मालपोत, नापी,वकिल देखि अदालत सम्म जोडिएको दलालको गिरोहको संजाल छ ।’

जग्गादलालको गिरोहले गर्दा रुपन्देहीमायहि दरमाजग्गाको कारोबार गरेमाअबको १० भित्रसबै बस्तुहरु किनेर खानुपर्नेबताए । यो समस्या रुपन्देही, कपिलबस्तु, नवलपरासीलगायतका क्षेत्रहरुमा समस्याले ठुलो रुप लिएको बताए । यसअघि पनिहजारौं पटक अनुगमनभए,तर यस्को कुनै अर्थ देखिएन, उनले भने आबश्यक नीतिबनाएर अघि बढ्न जरुरी रहेको बताए ।

बहुमतको सरकार चल्ने तरिकाअझै शुरु नभएको बताउँदै सरकार अझै कठोर भएर अगाडि बढ्ने बताए । उनले प्रत्यक्षकार्यकारी राष्ट्रपतिको एजेन्डा अगाडि बढाउने बताए । हामीले हिजो उठाउदै आएको प्रत्यक्षकार्यकारी राष्ट्रपतिको एजेन्डा अगाडि बढाउने बढाउछौं,यो आबश्यक छ देशले खोजिरहेको छ उनले भने ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com