मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन हुने

रुपन्देही, २४ जेठ । प्रदेश नम्वर ५ को मन्त्री परिषदको बैठकले प्रदेशको बित्त व्यवस्थापन विधायक २०७५ र प्रदेश कर तथा गैर कर राजश्व सम्बन्धी विधायक २०७५ स्विकृत गरी प्रदेश सभामा पेश गर्ने निणर्य गरेको छ ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले बित्त व्यवस्थापन विधायक र प्रदेश कर तथा गैर कर राजश्व सम्बन्धी विधायक स्विकृत गरी अब बस्ने प्रदेश सभाको बैठकमा पेश गर्ने निणर्य गरेको छ । यी दुई विधेयक बजेट आउनु अघि नै प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणिकरण भईसक्नु पर्ने छ । मन्त्री परिषदको बैठकले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालनका लागि प्रदेशमा मानव विकास सुचकंमा पछाडी परेका ३५ गाउपालिका छनौट गरेको छ ।


मन्त्रिपरिषदले छनौट गरेका गाउँपालिकामा नवलपरासीका सुस्ता, प्रतापपुर र पाल्ही नन्दन, रुपन्देहीका मर्चवारी, समरीमाई र कोटहीमाई, पाल्पाका निस्दी, माथागढी र रैनादेवी छहरा, गुल्मिका कालिगण्डकी, मालिका र मदाने, अर्धाखाचीका पाणीनि, मालारानी र छत्रदेव, कपिलवस्तुका बिजयनगर, शुद्धोधन र महाराजगञ्ज, दागका बंगलाचुली, राजापुर र बबई, प्युठान गौमुखि, नौबहिनी र ऐरावति, रोल्पाका सुनछहरी, थवागं र परिवर्तन, रुकुम पुर्वका सबै गाउपालिका पुथा उत्तरगंगा, भुमे र सिस्ने, बाकेका नरेनापुर, डुडुवा र जानकी तथा बर्दियाका बढैया ताल र गेरुवा रहेका छन ।


छनौट भएका गाउँपालिकामा ३ बर्षसम्म प्रदेश सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा महत्वपुर्ण कार्यक्रम सञ्चालन गर्नुका साथै रोजगारीका अवसर श्रृजना गर्ने बैठकपछी भौतिक योजना तथा पुर्वाधार विकास मन्त्रि तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । छनौट भएका गाउपालिकामा ३ वर्षसम्म प्रदेश सरकारले दिने समानिकरण अनुदानमा विशेष व्यवस्था गर्ने र प्रदेश सरकारले युनिट नै स्थापना गरी काम गर्ने पनि मन्त्रि चौधरीले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com