साइकलबाट जनकपुरदेखि मुक्तिनाथसम्म यात्रा

जनकपुरधाम, २४ जेठ । शान्ति र स्थायित्वको सन्देश फैलाउँदै जनकपुरका एक युवकले साइकल चढेर जनकपुरदेखि मुक्तिनाथसम्मको यात्रा गरेका छन् । जनकपुरदेखि साइकलमा चढेर १२ दिनमा करीब ४ सय ५५ किलोमिटर प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ दर्शन गरेर उनी फर्किएका छन् ।

जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर ३१ वर्षीय रनजीत साह जनकपुरदेखि मुस्ताङको मुक्तिनाथसम्म साइकल यात्रा गरी फर्किएका हुन् ।
उनले तराईमा बस्नेलाई पहाड, हिमालमा हेप्ने गरेको सुनेपनि आफूलाई सम्मान प्राप्त भएको बताए । मुक्तिनाथ यात्राले सकारात्मक शिक्षा प्राप्त गरेको र शान्तिको सन्देश प्रचार गरेको उनले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com