हात बाँधेर दलितको अधिकार प्राप्त हुँदैन : मुख्यमन्त्री राउत

जनकपुर, २४ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलित अधिकार हात बाँधेर प्राप्त नहुने बताएका छन् ।

उनले आफ्नो अधिकारका लागि दलित समुदाय अघि बढ्ने समय आएको बताए । राष्ट्रिय दलित नेटवर्क र दलित जनकल्याण युवा क्लबले आयोजना गरेको प्रदेश स्तरीय पहिलो दलित संसद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दलितको समृद्धि बिना प्रदेशको समृद्धि सम्भव नभएको उल्लेख गरे ।

‘वर्षौ देखि दलित माथि हुँदै आएको विभेद अझै कायमै छ, प्रदेश सरकार प्रदेशलाई छुवाछूत र विभेद मुक्त बनाउन र दलित अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध छ,’–उनले भने । कार्यक्रममा दलित अगुवा युक्तिलाल मरिकलाई बलदेव दास मानव मर्यादा पुरस्कारले प्रदान गरिएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com