आफ्नै पार्टीका सांसदलाई ‘झापड’

जनकपुरधाम, २४ जेठ । प्रदेश २ को नेपाल कम्युनिष्ट पार्टीकी सांसद मञ्जु यादवले आफ्नै पार्टीकी एक सांसदलाई झापड हानेकी छिन् ।

मंगलबार प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेका समानुपातिक सांसद यादवले धनुषाको क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन् । दलको कार्यालयमा सांसदहरूको योजना टाइप गर्ने क्रममा भएको विवादमा यादवले महतोलाई झापड हानेकी थिइन ।

सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्ने बताएपछि यादव र साहबीच विवाद भएको थियो । कम्प्युटर अपरेटरसँग सांसद यादवको सामान्य भनाभन भइरहँदा सांसद साह झोक्किँदै आएर ‘बकबक गर्छुस्, बढी बोले २ झापड हान्छु’ भन्दै झापड नै हानेकी थिइन ।

सांसद साहलाई झापड हान्दा संसदीय दलका नेता सत्यनारायण मण्डल र अर्का सांसद नागेन्द्र साह त्यहीं उपस्थित थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com