प्रदेश २ सरकारको नीति तथा कार्यक्रम : हरेक खेत मे पानी, हर हाथमे काम

जनकपुरधाम, २५ जेठ । प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको बसेको बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । यसअघि प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि चैत २८ गते नीति तथा कार्यक्रम ल्याएको थियो ।

प्रदेश सरकारले कृषि तथा सिचाईं क्षेत्रको विकास गर्दै ‘हरेक खेत मे पानी, हर हाथमे काम’ भन्ने नारालाई नीति तथा कार्यक्रममा जोड दिएको छ । यस्तै खेती योग्य जग्गामा सिचाईं सुविधा उपलब्ध गराइ पानी र कामलाई प्राथमिकताका साथ अगाढी बढाउने नीति कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘चुरे जोगाऔँ मधेस बचाऔँ’ नारालाई अभियानको रूपमा सञ्चालन गर्ने पनि समावेश गरेको छ ।

प्रदेश सरकारले मिथिला तथा मिथिला भोजपुरालगायत मधेसका सांस्कृतिक पहिचान बोकेका धरोहरहरूको संरक्षणका लागि प्रदेश सांस्कृतिक संरक्षण केन्द्रको स्थापना गर्ने नीति अघि सारेको छ ।

नीति तथा कार्यक्रममा सरकारले प्रदेश सहकारी विकास बोर्ड, उखु विकास बोर्ड, डेरी विकास बोर्ड, मत्स्य विकास बोर्ड, तरकारी तथा फलफूल विकास बोर्ड गठन गर्ने, प्रदेशको विद्यमान आर्थिक, सामाजिक पूर्वाधार विकास, मानव विकासको अवस्थालगायत सम्पूर्ण क्षेत्रको तथ्यपरक चित्र झल्काउने आधार तथ्यांकहरूको संकलन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउने, भूमि बैंकको स्थापना, बन्द भएका सरकारी उद्योगहरूको सञ्चालनलगायत योजना उल्लेख छ ।

त्यसैगरी प्रदेशमा उपलब्ध जलस्रोत विकास एवम व्यवस्थापन तथा उपयोगितको लागि एकीकृत जलस्रोत नीति तर्जुमा गरिने भएको छ । जलस्रोतको संरक्षण, व्यवस्थापन र समन्वयात्मक बहुआयामिक उपयोग गर्ने कानूनी व्यवस्थाको नीति सरकारले लिएको छ ।

त्यसैगरी जनकपुर–जयनगर रेलमार्ग, वीरगञ्ज–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन, सिमरा विशेष आर्थिक क्षेत्र, निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल, कोशी जलयातायात जस्ता राष्ट्रिय स्तरका ओयोजनाबाट प्रदेश अन्तर्गतका औद्योगिकीकरण, वाणिज्य व्यापारलाई टेवा पुग्ने नीति तर्जुमा गरिने नीति कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ आफ्नो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । प्रदेशको हरेक जिल्लाको सदरमुकाम छुनेगरी रेलमार्ग निर्माण गर्न, निजगढमा निर्माण हुने दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल र प्रदेशको सम्पूर्ण जिल्ला सदरमुकाम जोडिने हुलाकी राजमार्ग निर्माण कार्य दु्रत गतिमा बढाउन संघीय सरकारलाई आवश्यक सहयोग तथा सकारात्मक वातावरण निर्माण गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ ।

जनकपुर अञ्चल अस्पतालमा हृदयरोग उपचारको लागि काठमाण्डौंस्थित गंगालाल अस्पतालको युनिट खडा गर्नुका साथै नारायणी अञ्चल अस्पताललाई वीरगञ्ज हृदयरोग उपचार केन्द्रको रूपमा विकास गर्ने योजना प्रदेश सरकारको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com