असारभित्र महाधिवेशन गर्न राजपालाई आयोगको निर्देशन

काठमाडौं, २५ जेठ । निर्वाचन आयोगले असार मसान्तभित्र पार्टीको महाधिवेशन गर्न राष्ट्रिय जनता पार्टीलाई निर्देशन दिएको छ । आयोगले पत्र नै काटेर असार ३२ गते भित्र महाधिवेशन गर्न निर्देशनात्मक आदेश दिएको हो ।

आयोगको पत्र पाए पछि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अध्यक्ष मण्डलका सदस्यहरूसँग छलफल गरे पनि यसबारे कुनै निर्णय भएको छैन । ६ वटा मधेशी दल मिलेर गत वर्ष वैशाख ७ गते राष्ट्रिय जनता पार्टी गठन भएको थियो ।

दल दर्ताका क्रममा पार्टीले एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख गरेको थियो । पार्टीले विधानको धारा २२ को उपधारा १० अनुसार एक वर्ष भित्र महाधिवेनश गर्ने जनाएको थियो । निर्वाचन आयोगले त्यही दफालाई टेकेर ३० असारभित्र महाधिवेशन गर्न निर्देशन दिएको हो ।

राजपा भित्र महाधिवेशनको विषयमा अध्यक्ष मण्डलकै सदस्यहरूबीच विवाद रहँदै आएको छ । आजको मितिबाट अब ३६ दिनभित्र महाधिवेशन कसरी गर्ने भन्ने पार्टीमा समस्यामा परेको एक नेताले बताएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com