अध्यक्षमण्डल खारेजीका लागि संघर्ष गर्ने चेतावनी

काठमाडौं, २५ जेठ । राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक सरेको छ । जेठ २५ गते शुक्रबारका लागि तय गरिएको राजनीतिक समितिको बैठक असार ४ गते सोमबार बस्ने भएको छ ।

सो बैठकले महाधिवेशनको मिति तय गर्ने, संसदीय दलको नेता चयन गर्ने र संघीय सरकारलाई दिएको समर्थनबारे निर्णय लिइने राजपाका महासचिव राजीव झाले जनाएका छन् । उनले राजपाको आगामी बैठकबाट महत्वपूर्ण निर्णयहरू गरिने भएकोले यसलाई बढी महत्वका साथ लिइएको बताए ।

पार्टी गठनका बेला एक वर्षभित्र राजपाले महाधिवेशन गरिसक्नुपर्ने थियो तर अहिलेसम्म महाधिवेशनको अतोपत्तो छैन भन्ने मधेशवाणीको जिज्ञासामा उनले भने, ‘आगामी बैठकले महाधिवेशनको मिति तय गर्छ ।’ सो बैठकले महाधिवेशनको मिति तय नगरे अध्यक्षमण्डल खारेजीका लागि पार्टीभित्र संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

उनले अध्यक्षमण्डलीय पद्धतिका कारण पार्टी एकीकरण भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि भ्रातृ संगठनहरू, जिल्ला कार्यसमितिहरू व्यवस्थित हुन नसकेको गुनासो गरे । महाधिवेशन नहु“दा पार्टीमा गुटबन्दी हावी भएको जस्तो देखिएको उनले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com