वर्तमान सरकार दीर्घकालीन सोच सहित अघि बढ्छ : प्रधानमन्त्रीओली

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालीन सोच सहित अघि बढ्नु पर्ने बताए । मन्त्री तथा सचिवहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका विषयमा सिंहदरबारमा निर्देशन दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताएका छन् । जनअपेक्षा पुरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“यो सरकार पुजारी जस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पुजागर्ने । अनिभोली फेरी उहि रित दोहो¥याउने” प्रधानमन्त्री ओलीले भने “देशलाई हामीले नयां ढंगले अघि बढाउनु पर्छ । विगतको निरन्तरता मात्र होइन ।”

प्रधानमन्त्री ओलीले विकाशप्रतिको नयाँ दृष्टिकोण बनाउनु पर्ने बताए । “हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस” प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई निर्देशन दिंदै भने “असार २५ गते ति योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गतेदेखि कार्यन्वयन सुरु गर्नु पर्दछ । ”


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com