प्रधानसेनापति क्षत्री र भारतीय सेनाध्यक्ष रावतबीच भेटवार्ता

काठमाडौं, २५ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय सेनाध्यक्ष विपिन रावत र रक्षामन्त्री निर्मला सिथारमणसँग छट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रधानसेनापति क्षत्री र भारतीय सेनाध्यक्ष रावतबीच भारतीय सेनाको मुख्यालयमा बिहीबार भेटवार्ता भएको हो । भेटमा दुई सेना प्रमुखबीच आपसी हित, सहकार्य र सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो ।

यसैगरी प्रधानसेनापति क्षत्रीले भारतीय रक्षामन्त्री सिथारमणसँग भेट गरेका छन् । भेटमा दुई देशका सेनाबीच वर्षौंदेखि कायम सम्बन्धमाथि छलफल भएको छ । प्रधानसेनाति क्षत्रीले सैन्य सामग्री तथा तालिमका लागि भारत सरकारले दिदैं आएको सहयोगका लागि धन्यवाद दिएको र भारतीय रक्षामन्त्री सिथारमणले नेपाल सेनाको आग्रहअनुसार त्यस किमिसको सहयोग र सहकार्य भविष्यमा जारी रहने बताइन ।

यसैगरी प्रधनासेनापति क्षत्रीले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, रक्षासचिव सञ्चय मित्र, भारतीय नौसेना प्रमुख अजितकुमार पीबीच बेग्लाबेग्लै भेट गरेका थिए ।

भारतीय रावतको निमन्त्रणामा भारतीय सेना अधिकृतको पास आउड कवाजमा मूल्यांकनकर्ताका रूपमा प्रधानसेनापति क्षत्री ६ दिने भ्रमणका लागि भारत भ्रमणमा गएका हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com