प्रदेश ५ सरकारको नीति कार्यक्रम प्रस्तुत

चन्द्रकान्त खनाल, रुपन्देही, २५ जेठ । प्रदेश नम्वर ५ को सरकारले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक बर्षका लागि प्रदेश सभामा नीति कार्यक्रम पेश गरेको छ ।

शुक्रबार दिउँसो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अन्र्तगतका १२ वटै जिल्लाको सन्तुलित बिकास गरी ५ नम्वर प्रदेशलाई नेपालकै नमुना प्रदेश बनाउने बताए ।

प्रदेश सरकारले एक बर्ष भित्रमा प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने, ८४ वर्ष पुगेका जेष्ठ नागरीकलाई घरमा नै स्वास्थ्य सुबिधा उपलब्ध गराउने, न्युन आय भएका महिलालाई २ बच्चा सम्मका लागि सुत्केरी पोषण भत्ता उपलबध गराउने नीति लिएको छ ।

नीतिमा भैरहवा वुटवल नेपालगञ्ज कोहलपुर र घोराही तुलसीपुरमा विद्युतीय बस सेवाको लागि सम्भाव्यता अध्ययन गर्ने एक घर एक धाराको नीति अनुसार प्रदेशका सबै घर परिवारमा शुद्ध खानेपानी उपलब्ध गराउने उल्लेख गरिएको छ ।

त्यस्तै नेपालगंजकोहलपुर, घोराहीतुलसीपुर, बुटवलभैरहवा तथा आसपासका क्षेत्रलाई समेटेर तीन महानगरको स्थापना गर्ने, ‘एक गाँउ एक उत्पादन’ र समूहमा आधारित कृषि व्यवसायलाई प्रोत्साहन गर्ने र ‘एक पालिका एक शीत भण्डार निर्माण गर्दै जाने नीति लिने उल्लेख गरिएको छ ।

एक गाउँ एक पोखरी निर्माण, आर्थिक वर्ष २०७५र७६ देखि प्रदेश स्मार्ट कृषि गाँउ कायर्क्रम संचालन गर्ने, जगदिशपुर तालक्षेत्रमा आगन्तुक चरा अध्ययन केन्द्र स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेशलाई एक वर्ष भित्र साक्षर प्रदेश घोषणा गर्ने, प्रत्येक स्थानीय तहमा खेलमैदान र पार्क निर्माणमा प्रोत्साहन गर्ने, प्रदेश ५ लाई सडक मानव मुक्त प्रदेश बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले लुम्विनी सहित बुद्ध जन्मस्थलहरुलाई समेटेरी एकिकृत पर्यटन बिकास गर्ने पर्यटकको बसाई बढाउने, भैरहवा परासी, चन्रौटा कृष्णनगर र दागमा औद्यागिक कोरीडोर स्थापना गर्ने र नेपालगञ्जलाई प्रदेशको औद्योगिक राजधानी बनाउने नीति लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com