मुस्लिमहरुको बिदा कटौती गरेको भन्दै कपिलवस्तुमा विरोध प्रदर्शन, मुख्यमन्त्रीलाई ज्ञापन पत्र

कपिलवस्तु, २६ जेठ । मुस्लिम समुदायको विदा सरकारले कटौती गरेको भन्दै कपिलवस्तुमा मुस्लिम समाजले विरोध प्रदर्शन गर्दै प्रदेश ५ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिएको छ । मुस्लिम समुदायहरुको हइदुलफित्र (ईद), बकरईद इुदुलजोहा तथा मुहम्मद जयन्ती जस्ता पर्वहरु जुन नेपालको राष्ट्रिय पर्व तथा राष्ट्रिय बिदाको रुपमा रहिअएको थियो अहिले सरकारले विदा कटौती गरेको छ ।

विदा कटौती गरेको भन्दै अपत्ति जनाउदै यथाशीघ्र राष्ट्रिय बिदाको रुपमा रहिअएकोमा यसलाई तत्काल राष्ट्रिय बिदा घोषणा गर्न माग गरेका छन् ।

ज्ञापन पत्रमा संविधानद्वारा स्थापित सबै जातजाति समुदायको धार्मिक पहिचान खोस्दै संविधानको मर्म विपरीत काटौति गरेका मुस्लिमको हइदुलफित्र (ईद), बकरईद इुदुलजोहा तथा मुहम्मद जयन्ती जस्ता पर्वमा राष्ट्रिय बिदालाई तत्काल सार्वजानिक बिदा घोषणा गर्न माग गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com