बुद्धभूमिमा सेवा निवृत १४ शिक्षकलाई सम्मान

मणि प्राद गैह्रे, कपिलवस्तु, २६ जेठ । बुद्धभूमि नगरपालिकाभित्र शैक्षिक सत्र २०७३ देखि हालसम्म अनिवार्य रुपमा अवकास प्राप्त शिक्षहरुलाई एक कार्यक्रमका बीच नगरपालिकाले सम्मान तथा विदाई गरेको छ ।

नगरपालिकाले वकडरिया स्थित आधारभुत विद्यालयमा नगरपालिका भित्रका अवकास प्राप्त शिक्षकहरुलाई दोसलला ओडाइ सम्मान तथा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर पत्रले सम्मान गरिएको थियो ।

सो अवसरका वोल्दै नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले विनको लामो समय सम्म शिक्षा क्षेत्रमा लगानी गरी समाज रुपान्तरणमा शिक्षकहरुले गरेको योगदानले आज शिक्षमा आमुल परिवर्तन र शैक्षिक जनशक्ति उत्पादन भएको बताए ।

शिक्षकले आफ्नो कनुशासन र कर्तव्य निष्ठा रुपले काम गरेमा शिक्षा क्षेत्रमा सुधार हुने हुंदा अनुशाशित र नैतिकवान शिक्षको योगदान वाट अरु शिक्षाकले उक्त व्यवाहारहरु अनुशरण गर्नु पर्ने बताए ।

सो अवसरमा श्रेष्ठले संघियतामा जादा स्थानीय तहले गर्ने र केन्द्र र प्रदेशको कुरामा अलमल भएको हुंदा शिक्षा क्षेत्रमा केही काम गर्न समस्या भएको हुंदा तत्काल समस्या समाधान गर्न प्रदेश तथा केन्द्रिय सरकारलाई अनुरोध गरेको समेत उनल बताए ।

सो अवसरमा जनकल्याण मावि वाट अनिर्वाय भएर विदाए भएका प्रअ नन्द कुमर गिरीले शिक्षककले आफ्नो क्ष्ँमता दक्षता अनुसार नियमित रुपमा काम गरेमा समाज तथा शिक्षा क्षेत्रमा परिवर्तन हुने बताए । राम्रो काम गरेका कसैको नोकर चाकर बन्न नपर्ने र नतिजामुखी काम हुने हुंदा सबै शिक्षकहरुलाई नतिजामुखी काम गर्नको लागी सल्लाहा प्रदान गरे ।

प्रदेश सभास सदस्य माला गोतामे सहीत १४ जना शिक्षकलाई सम्मान र दिाई गरिएको कार्यम्रममा शिक्षा शाखा प्रमुख खिमराज जिसीले नगरपालिकाका शिक्षकका राम्रा अभ्यास र सुधार गर्नुपर्ने विषयका वारेमा जानकारी दिएका थिए ।

स्रोत व्याक्ति खेमराज पौडेलको संचालन, गौतम वुद्ध माविका प्रअ राम प्रसाद आर्यालको स्वागतमा विदाई सम्पन्न भएको थियो ।ो अवसरमा बुद्धभुमी नगरपालिका वडा नं ८ का अध्यक्ष कपिलदेव तिवारी, निमडाडा माविका प्रअ जग्गनाथ केवट, भुसिया निमाविका प्रअ रमा खनाल लगातले अवकास शिक्षकहरुको वाकी जिवन शिक्षा क्षेत्रमा लाग्न सुझाव दिएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com