सरकारले कर र महँगी बढाउने बाहेक केही पनि गरेन : खाँड

चन्द्रकान्त खनाल, रुपन्देही, २६ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले दुई तिहाई बहुमतकोे सरकारले जनतालाई कर र महंगी बढाउने बाहेक कुनै काम गर्न नसकेको वताएका छन् । उनले मुद्रा स्फितिलाई ६ प्रतिशत कायम गर्ने नीति लिएको सरकारले जनताले थेग्न नसक्ने गरी मुल्य र कर बढाएर कसरी आफनो नीति परा गर्न सक्छ खाडले भने ।

नेशनल कोअपरेटर्स एलायन्स रुपन्देहीले आज बुटवलमा आयोजना गरेको सहकारीमा प्रबिधि र दीगो व्यवस्थापन सम्वन्धि एक दिने तालिमको उदघाटन गर्दै खाडले सरकारले लगाउने र बढाउने नाममा सहकारीलाई पनि नछाडेको वताए । पुर्वमन्त्रीसमेत रहेको खाँणले सहकारीले गाउ गाउमा उत्पादन बढाउनुका साथै महिला शसक्तिकरणमा समेत बिशेष भुमिका निर्वाह गरेकाले सहकारीको सुरक्षा र संरक्षण सरकारले गर्नुपर्ने बताए ।

सहकारीमा बचत भएको सानो सानो रकमलाई उत्पादन र रोजगारमुलक क्षेत्रमा लगानी गरी मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सहकारी सस्थाहरुको भुमिका महत्वपुर्ण हुने खाडको भनाई थियो । काग्रेस र अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई सहकारीमा सहभागि भई सहकारीमा प्रबिधिको बिकास र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे ।

काग्रेस नेता खाँणले पार्टीका नेता कार्यकर्तालाई बिगतमा जस्तो झोला बोकेर मात्र नहिडी आत्म निर्भर हुने गरी उद्योग व्यापार व्यवसायमा लगानी गरी ढिक ढंगले चलाउन सुझाव दिए ।

एलायन्स रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँण, जिल्ला सहकारी संघ लिमिटेड रूपन्देहीका संचालक दामोदर पंगेनी सहकारी संघ रुपन्देहीका उपाध्यक्ष डोल प्रसाद अर्याले बचत तथा ऋण सहकारी संघका केन्द्रिय महासचिव चन्द्र ढकाल, एलायन्सका सचिव राजेन्द्र पौडेल, प्रभु म्यानेजमेण्टका प्रोजेक्ट म्यानेजर केशवराज आचार्यले लगायतले वोलेका थिए । तालिममा रुपन्देहीका करिव २ सय सहकारी सस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com