प्रदेश ७ को नीति तथा कार्यक्रम : विकास र समृद्धिको ढोका खोल्ने

धनगढी, २७ जेठ । प्रदेश ७ को सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा कृषि, जडीबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी विकास र समृद्धिको ढोका खोल्ने नीति लिइएको छ ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी, सहकारी तथा सामुदायिक क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने, प्रदेश सरकारको योजना बैंकको रूपमा ‘व्यवसायिक सहयोग केन्द्र’ स्थापना गरिने, सञ्चालन नगरिएका वा स्रोतको अभाव भई सम्पन्न हुन नसकेका आयोजना तथा परियोजनाको लागत, प्रतिफल, अनुकूलता र सामाजिक दायित्वका आधारमा प्राथमिकीकरण गरी आवश्यक स्रोत उपलब्ध गराउनेमा जोड दिइएको छ ।

युवा रोजगारी सिर्जना गरी गरिवी निवारणका लागि कार्यक्रम सञ्चालन गर्ने, कुप्रथा हटाउन अभियान चलाइने, विशेष कार्यक्रम सञ्चालन गरी चेलीवेटी बालबालिका बेचबिखन मानव ओसारपसार कार्य रोक्ने, दलित समुदायको परम्परागत सीप, कला, दक्षतालाई सुदृढीकरण र आधुनिकीकरण गरिने, विपन्न थारु समुदायको हितका लागि आवश्यकता पहिचनका आधारमा एकीकृत विकास कार्यक्रम सञ्चालन गरिने र यो समुदायका व्यक्तिमा लाग्ने ‘सिकलसेल‘ रोगको उपचार र निदानको लागि विशेष कार्यकम ल्याइने उल्लेख गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com