गैरआवासीय मधेशी संघ–यू.ए.ई. द्वारा दुबईमा इफ्तारी कार्यक्रम

काठमाडौं, २७ जेठ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमदानको अवसरमा गैरआवासीय मधेशी संघ यू.ए.ई. (एनआरएमए–युएई) द्वारा दुबईको ममजार पार्कमा रोजा गर्नेहरुका लागि रोजा इफ्तारीको कार्यक्रम गरेको थियो ।

संघले पछिल्लो वर्षझैं यस वर्ष पनि यू.ए.ई. मा रहेका मधेशका मुस्लिम समुदायका व्यक्तिहरुलाई आमन्त्रित गरी सफलतापूर्वक इफ्तारी सम्पन्न विनोद पासवानले जनाएका छन् ।

कार्यक्रमको अन्तिम सत्रमा संघका वरिष्ठ सलाहकार डा. रविन्द्र कुमार यादवको आग्रहमा गैरआवासीय मधेशी संघका अन्तर्राष्ट्रिय अध्यक्ष बसन्त कुशवाहा, नेपलीज मुस्लिम सोसाइटी–यूएईका वरिष्ठ सलाहकार तनवीर आलम, सोसाइटीका प्रवक्ता शाह नवाज, सोसाइटीका अध्यक्ष फैसल हुसैन र गैरआवासीय मधेशी संघ–यूएई का अध्यक्ष संजय कुमार कर्ण लगायतले रमजानको शुभकामना दिएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com