राजेन्द्र महतोको चेतावनी, ‘संविधान संशोधन भएन भने यो मुलुकको कल्याण हुँदैन’

विराटनगर, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधन नभए यो मुलुकको कल्याण नहुने चेतावनी दिएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधान संशोधन, आफ्ना नेता कार्यकर्ताहरु माथि लागेको मुद्दा फिर्ता र रेशमलाल चौधरीको शपथ ग्रहण नभएसम्म सरकारमा नजाने प्रष्ट्याएका छन् ।

केपी ओली नेतृत्वको सरकारलाई राजपाले समर्थन गरे पनि सरकारको तर्फबाट संविधान संशोधनका बारे कुनै किसिमको प्रष्ट धारणा नआएको भन्दै सरकारको कडा आलोचना गरेका थिए ।

सरकारको तर्फबाट संविधान संशोधनबारे स्पष्ट र विश्वसनीय प्रतिबद्धता आए राजपा पनि सरकारमा जाने बारे सोच्ने महतोले बताएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com