दलित र महिला अधिकार सम्बन्धि तालिम

दिनेश ठाकुर,नेपालगञ्ज, २७ जेठ । दलित र महिला अधिकार सम्बन्धि तालिम बाँकेको नेपालगञ्जमा  सम्पन्न भएको छ ।
दलित महिला संघको आयोजनामा भएको तालिममा डुडुवा, खजुराखुर्द र बैजनाथ गाउपालिकाका निर्वाचित दलित महिला सदस्य, दलित महिला अगुवाहरु गरि ३० जनाको सहभागिता रहेको छ ।
चित्र विश्वकर्माले सहजीकरण गर्नुभएको सो तालिम दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा भएको हो ।
तालिम उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सुनारले सम्रग विकासको अवरोध जातीय तथा लैंगिक अवरोध रहेकाले सबै मिली जातीय तथा लैंगिक अवरोध हटाउनु पर्ने बताए । दलित महिला संघ बाँकेकी कार्यक्रम संयोजक दिलिश गौतमले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com