प्रत्यक्ष निर्वाचित तानाशाही स्विकार्दैनौं : कर्ण

काठमाडौं, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले प्रत्यक्ष निर्वाचित तानाशाही आफूहरुले नस्विकार्ने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘हामी संसदीय व्यवस्थामा विश्वास गर्छौं, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो, प्रचण्डले आफ्नो विचार राख्दैमा कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जान सकिँदैन, हामी ईजरायलको जस्तो प्रत्यक्ष निर्वाचित तानाशाही भोग्ने पक्षमा छैनौं ।’

नेता कर्णले सांसदलाई निलम्बन नगर्ने नियामावली राजपाका सांसद रेशमलाल चौधरीको लागि नल्याईएको जिकिर गरे । उनले भने,‘कमन ल सिस्टममा कसैलाई पक्राउ गर्दैमा अपराधी हुँदैन, कसुर प्रमाणित नभएसम्म उ अभियुक्तमात्र हुन्छ, त्यसैले हामीले अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई अपराधीसरह निलम्बन गर्न हुँदैन भनेर आवाज उठाएको हो ।’

संविधानमै फरक दल र लिगंबाट सभामुख र उपसभामुख हुनुपर्ने भनेर प्रष्ट रुपमा नै किटान गरेकोले अब एउटै पार्टीको सभामुख र उपसभामुख हुन नहुने उनले बताए ।

उनले भने, ‘अहिले एउटै दलबाट सभामुख र उपसभामुख छन्, यो संविधानको व्यवस्था र मर्म विपरित हो, अब दुई मध्ये एकले तत्काल राजिनामा दिएर यस सम्बन्धमा निकास दिलाउनुपर्छ ।’ उनले आफ्नो पार्टीको संसदीय दलको नेताको निर्वाचन छिट्टै हुने जानकारी दिए । उनले भने,‘संसदीय दलको नेता हुन म पनि योग्य छु, मेरै प्रबल सम्भावना छ, म हुन्छु ।’


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com