‘भारतको स्वतन्त्रतादेखि नेपालको प्रजातन्त्रसम्म’को अंग्रेजी अनुवाद

काठमाडौं, २७ जेठ । नेपाली भाषामा बनेको पहिलो चलचित्र सत्य हरिशचन्द्रका निर्देशक स्वर्गीय डिबी परिहारको मनोग्राफी सार्वजनिक भएको छ ।

डिबी परिहार (परियार) को संस्मरणमा आधारित पुस्तक ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी’ पुस्तकको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, फिल्म निर्माता तथा निर्देशक यादव खरेल लगायतले काठमाडौंमा विमोचन गरेका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै कांग्रेस उपसभापति निधिले कांग्रेसको संस्थापकको हिसाबले पनि नेपाली कांग्रेसका साथीहरुले डिबी परियारलाई ‘स्यालुट’ गर्नुपर्ने बताए ।

कृतिमा काठमाडौंको बसन्तपुरमा जन्मेका परिहारको बालापन, उनीमाथि तात्कालिन राणाशासकहरुले गरेको व्यवहार, भारतको स्वतन्त्र संग्राममा उनको संलग्नताको साथै नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदान बारे स्पष्ट पारिएको छ ।

कृतिको सम्पादन गरेका शंकर तिवारीले भारतको दिल्लीस्थित पुस्तकालयमा फेला परेको हस्तलिखित मनोग्राफीलाई परिवारका सदस्यको अनुमति लिएर अनुवाद गरेका हुन् । सम्पादक तिवारीले यो मनोग्राफीले नयाँ पुस्तालाई नेपालको प्रजातान्त्रिक इतिहास, त्यसमा उनको योगदान तथा दलित अभियन्ता लगायतबारे जानकारी प्राप्त गर्ने विश्वास गरे ।

पब्लिक पोलिसी पाठशालाले प्रकाशन गरेको परिहारको मनोग्राफीले नयाँ पुस्तालाई नेपाली भाषामा बनेको पहिलो चलचित्रका निर्देशकका बारेमा राम्रो ज्ञान दिने विश्वास सम्पादक तिवारीले लिएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com