प्रदेश २ को सरकारमा नेकपा सहभागी हुँदैन : अध्यक्ष दाहाल

विराटनगर, २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ को सरकारको नेतृत्व वा सरकारमा नहुने प्रष्ट पारे ।

वर्तमान अवस्थामा बहुदलीय व्यवस्थाअन्तर्गत प्रतिष्पर्धात्मक निर्वाचनमा गएर सरकार निर्माण भएकाले तत्काल कार्यकारी राष्ट्रपति प्रणालीमा जाने सम्भावना नरहेको पनि उनले स्पष्ट पारे ।

आगामी निर्वाचनमा यस सम्बन्धमा जनताको अभिमत बुझेर नै निर्णय गरिने उनको भनाइ छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com