निःशुल्क र उच्च शिक्षामा आवश्यक छात्रवृत्तिको व्यवस्था गराउन दबाब दिन विद्यार्थीहरुलाई भट्टराईको सुझाव

काठमाडौं, २७ जेठ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निःशुल्क र उच्च शिक्षामा आवश्यक छात्रवृत्तिको व्यवस्था गराउनका लागि सरकारलाई दबाब दिन विद्यार्थीहरुलाई सुझाव दिएका छन् ।

आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रम डा. भट्टराईले सो सुझाव दिएका हुन् । उनले संविधानमा व्यवस्था गरिएको शिक्षा र स्वास्थ्य सम्बन्धी मौलिक हकलाई लागू गराउन तत्काल कानून निर्माण गर्न सरकारलाई दबाब दिएका छन् ।

उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई लागू गर्न कानून निर्माण गर्न सरकारलाई दबाब दिएका हुन् ।

राजपा विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रम ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा डा. भट्टराईले विद्यार्थी संगठनहरुलाई शिक्षा र स्वास्थ्य सम्बन्धी मौलिक हकलाई लागू गराउन दवाव आन्दोलन सुरु गर्न पनि आहृवान गरे ।

भट्टराईले आगामी असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकलाई लागू गराउन कानुन बनाइसक्नु पर्ने भएपनि सरकार तत्सम्बन्धमा गम्भीर नभएको आरोप पनि लगाए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com