विद्यार्थी आन्दोलनकै कारण राजनीतिक परिवर्तन : अध्यक्ष मिश्र

काठमाडौं, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालको विद्याथी संगठनका अध्यक्ष मनिष मिश्रले नेपालको हरेक राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आठ विद्यार्थी संगठनको संयुक्त आयोजनामा भएको एक वृहत अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्दै उनले इतिहासमा विद्यार्थी आन्दोलनको कारणले गर्दा विभिन्न राजनीतिक परिवर्तन भएको स्पष्ट पारे ।

उनले मुलुकको सम्वृद्धिको लागि शसक्त विपक्ष नभए सम्भव नभएको बताएका छन् । अध्यक्ष मिश्रले लोकतन्त्रमा देशको विकासका लागि सधै सत्ता पक्षलाई दबाब दिनको लागि शसक्त विपक्षी रहनु एकदमै आवश्यक रहेको बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com