तमू(गुुरुङ्ग) मातृभाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगञ्ज, २७ जेठ । तमुु ह्युुल छोंजधी (गुुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समिति, बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा तमू(गुुरुङ्ग) मातृभाषा प्रशिक्षण कार्यक्रम नेपालगंज बौद्ध धर्म संघ गुुम्बामा सम्पन्न भएको छ ।

सो तमू(गुुरुङ्ग) मातृभाषा प्रशिक्षण कार्यक्रम समापन कार्यक्रममा तमुु ह्युुल छोंज धी बाके अध्यक्ष युुग बहादुुर गुुरुङ्गको सभापतित्व भएको थियो भने प्रमुुख अतिथिमा आदिवासि जनजाति महासंघ, बाँकेका अध्यक्ष डम्बर बहादुुर थापा रहेका थिए ।

सो तमू(गुुरुङ्ग) मातृभाषा प्रशिक्षणको प्रशिक्षण दिपक गुुरुङ्गले गरेका थिए । यस कार्यक्रमको बजेट तमुु ह्युुल छोंजधी (गुुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समितिका सचिव शोभा गुरुङ्गले पारदर्शिताको लागि सार्वजनिकीकरण समेत गरेका थिए ।

कार्यक्रममा तमुुस्यो ह्युुल छोंज धी बाँकेका अध्यक्ष सीता गुरुङ, तमुु ह्युुल छोंजधी (गुुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समितिकासंगठन सचिव गजेन्द्र गुरुङ, जिल्ला वाल क्लव संजाल बाके अध्यक्ष श्वेता गुुरुङ, बौद्ध धर्म संघ गुुम्बाका कोषाध्यक्ष रण प्रसाद राना, वडा नं.२ का वडा सदस्य ध्रुुव दाहालनेपाल तमुु विद्यार्थी छोज धी, बाँकेका अध्यक्ष सुुदन गुुरुङ्ग लगायतले आ–आफनो विचार राखेका थिए ।

सो तमू(गुुरुङ्ग) मातृभाषा प्रशिक्षणमा सुमन गुुरुङ्ग, प्रथम, शर्मिला गुुरुङ्ग द्धितिय, लुुना गुुरुङ्ग तृतिय घोषित भएका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि आदिवासि जनजाति महासंघ, बाँकेका अध्यक्ष डम्बर बहादुुर थापाले संस्कृतिको धनी गुुरुङ्ग समुुदायले आफनो थाकथलो भन्दा बाहिर बस्दा आफनो संस्कृतिहरु बिर्सिदै गएको अवस्थामा नेपालगन्जमा आफनो गुुरुङ्ग भाषाको प्रशिक्षण हुुदाँ गुुरुङ्ग समुदायको भाषाको जर्गेणा हुुनुुको साथै आफनो जातीयपहिचानको लागि सहयोग पुुग्ने बताउनुुभयो साथै उनले यति मात्रै प्रयाप्त नभई अझै निरन्तर यस्ता प्रशिक्षण हुुनुु पर्नेमा जोड दिए ।

तमू(गुुरुङ्ग) मातृभाषा प्रशिक्षण कार्यक्रम समापन कार्यक्रमका सभापति तमुु ह्युुल छोंज धी बाके अध्यक्ष युुग बहादुुर गुुरुङ्गले अब नयाँ पुस्तालाई मातृभाषा सिकाउनुु पर्ने र गुुरुङ्ग भाषा, भेषभुुषा र संस्कृतिलाई जर्गेणा गर्नुु पर्नेमा जोड दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com