बाढी पूर्वको सचेतना व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड

चन्दनकुमार यादव, सप्तरी, २७ जेठ । साबिक रम्पुरा मल्हनियाँका बाढीपीडित परिवारलाई जिविकोपार्जनका लागि रेडक्रसले आइतबार पहिलो किस्ता को १० हजार दरले रकम उपलब्ध गराएको छ ।

आइएफआरसिको सहयोगमा तथा रेडक्रस सप्तरी र वडा कार्यालयको संयोजनमा हनुमाननगर कंकालनी नरपालिकाका वडा नम्बर १४ का १ सय ८० जनालाई बाढी पिडितलाई १५ हजारको जिविकोपार्जन ब्याकेज मध्ये तत्काल पहिलो किस्ताको १० हजारको चेक हस्तान्तरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक मुकेश सिँह, वडा अध्यक्ष सत्यनारायण यादव, रेडक्रसका जोगेन्द्र भगत, अनुसन्धानका देवराज लिम्बू, सशस्त्रका एसपी खेप थापा लगायतले सामुहिक रूपमा बिष्णपुर टोलका शारीरिक अपांग भएका लक्ष्मण मुखियालाई जिविकोपार्जनका लागि पहिलो किस्ता १० हजार रकमको चेक हस्तान्तरण गर्दै सुरूवात गरेका छन् ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले सप्तरीवासी बर्सेनी बाढीले प्रताडित हुने गरेकोले बाढी पूर्व अपनाउनु पर्ने साबधानी बारेमा सबैै सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक समेत रहेका प्रजिअ पाण्डेले बाढी पूर्व जोगिनका लागि व्यापक रूपमा सचेतना फैलाउनु पर्ने बताउँदै बाढीपछि खानेपानी, स्वास्थ, सरसफाई, शिक्षा तर्फ अपनाउनुपर्ने सावधानीबारे जनचेतनामूलक अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।

साबिकका रम्पुरा, मल्हनियाँ, डलवा, बिष्णपुर लगायतका वाढी पिडितलाई जिविकोपार्जन किस्ता अन्तर्गत भैंसी पालन, बाख्रा पालन, किराना पसल संचालन गरि वाढी पिडित स्थानियहरूको दिनचर्यामा केही सहयोग पुग्ने उदेश्यले बाढी पुर्नलाभ कार्यक्रम संचालनमा ल्याएको रेडक्रस सप्तरी सभापति जोगेन्द्र भगतले बताए ।

समाजसेबी समेत रहेका अध्यक्ष भगतले भने यस वडाका जिविकोपार्जन सँगै ५ वटा उच्चा टुयुवेल, चर्पी निर्माण, खानेपानी, सरसफाई, स्वास्थ, शिक्षा सम्बन्धी वाढी पिडितलाइ जनचेतनामुलक कार्यक्रम रहेका बताए ।

पहिलो किस्ताको लागि दिएको १० हजार बमोजिमको जिविकोपार्जन सम्बन्धी गतिबिधि संचालन गरेपछि केही दिन मै बाकी दोस्रो किस्ताको ५ हजार रकम उपलब्ध गराउने बताए ।

सो अवसरमा रेडक्रस का केन्द्रीय सदस्य बिनोद बस्नेतले बाढी पिडित परिवारले आफनो दिनचर्यालाइ सफल बनाउन जिविकोपार्जनका लागि प्रदान गरिएको रकम को व्यापार बिजनेसमा सदुपियोग गर्न आग्रह गरेको छ ।

उनले भने सप्तरी सहित सुनसरी, महोतरी, रौतहट, उदयपुर, बर्दिया का ७ जिल्लाका वाढी प्रभावित क्षेत्रमा बाढी पुर्नलाभ कार्यक्रम आईएफआरसी को सहयोगमा रेडक्रसले उदार र राहत तथा जिविकोपार्जन सम्बन्धी कार्यक्रम गर्दै आएको बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com