भारतीय टोलीको सहयोगमा नेपालगन्ज–कोहलपुर रेल सेवाको रेखांकन

काठमाडौं, २७ जेठ । नेपालगन्ज हुँदै कोहलपुरसम्म रेल सेवा सञ्चालन गर्ने योजनाअन्तर्गत धमाधम काम अघि बढिरहेको छ । भारतीय प्राविधिकको टोलीले हालै सीमा बजार रुपैडिहाको नेपालगन्ज रोडबाट कोहलपुरसम्म ‘लिक’ रेखांकन सकेको छ ।

अब लागत रकम, आवश्यक भौतिक संरचना र रेल सेवाले छुने बस्तीको पहिचानलगायत काम थालिँदै छ । नेपाल रेल विभागका सब–इन्जिनियर रमेश यादवले प्राविधिक टोलीले भारतको केन्द्रीय सरकारलाई प्रतिवेदन बुझाएपछि थप काम अघि बढ्ने बताए ।

टोलीले रुपैडिहास्थित रेलवे स्टेसन र कोहलपुरसम्मको साढे १८ किमि दूरीमा रेखांकन सकेको हो । जसअनुसार पिप्रहवा, पुरैना, पुरैनी, राँझा, हबल्दारपुर र रझेनालगायत गाउँ छिचोलेर ‘लिक’ राखिनेछ । रेल सञ्चालनका लागि भारतको गोरखपुर र गोन्डाबाट प्राविधिक टोली आएको छ । टोलीले नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा हुँदै सीधै राँझासम्म लिकको रेखांकन गरेको छ ।

नेपाल सरकारको सचिवस्तरीय निर्णयले रेल सेवा विस्तारका लागि ‘फाइनल लोकेसन सर्वे टोली’ गठन गरेपछि काम अगाडि बढेको थियो । २०७४ साउन ५ गतेको सचिवस्तरीय निर्णयले टोली गठन गरेको थियो ।

भारतीय पक्षले कोहलपुरसम्म रेल्वे सेवा विस्तार गर्नुुको कारण नेपालले सञ्चालन गर्ने मेची–महाकाली रेलवेसँग जोड्नु रहेको जनाएको छ । तर उक्त परियोजनाको नाम भने नेपालबाट नेपालमै रेलवे सेवा सञ्चालन राखिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com