ट्याक्टर दुर्घटनामा युवकको मृत्यु

राकेश यादव, रौटहत, २७ जेठ । रौतहटमा आइतबार भएको ट्याक्टर दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।

घरायसी प्रयोजनका लागि बाँस लिन गएको स्थानीय गौर नगरपालिका वार्ड नंबर ४ टिकुलिया निवासी रमारमण सहनीको २० वर्षीय छोरा सुधीर सहनीको दुर्घटनामा मृत्यु भएको हो ।

बाँस लोड गरी गौरतर्फ आउँदै गरेको ट्याक्टर राजपुर नगरपालिका वार्ड नंबर १ बहुअरवा नजिक वीरेन्द्र राजमार्गमा ना ४ त ३८०५ नम्बर ट्रेक्टर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । ट्याक्टरमा चयापिएर सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक मनोज यादवले बताएका छन् ।

मृतक साहनी गौरस्थित महर्षि वाल्मीकि माध्यमिक विद्यालयको आईएससी दोस्रो वर्षमा अध्ययनरत रहेको परिवारिक स्रोतले जनाएको छ । सहनीको मृत्युले गाउँ नै शोकमग्न भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com