बाल विकासका शिक्षकहरुको प्रदेश भेला सम्पन्न

बुटवल, २८ जेठ । नेपाल बाल विकास समितिले प्रदेश नं. ५ स्तरीय प्रथम प्रदेश भेला बुटवलको कान्ती माविमा सम्पन्न गरेको छ । भेलामा बोल्दै प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिक्षक पेशालाई पेशागत सँगै आर्थिक रुपमा सम्मानजनक बनाउन नसकिएको स्वीकार गरे ।

बालबालिकाको भविष्य बनाउनका लागि आफ्नो भविष्य दाउमा राखेर काम गर्दै आएका बालविकासका शिक्षकशिक्षिकाहरुको तलब सामान्य ज्याला मजदुरी गर्नेहरुको जति पनि नभएकोप्रति शिक्षा मन्त्रालय गम्भीर रहेको भन्दै प्रदेश सरकारबाट बालविकासका समितिको मागहरुलाई समन्वय गर्नको लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष गुणाखर भट्राई, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष लक्षीराम ढकाल, नेपाल शिक्षक संघका महासचिव कृष्ण पंगेनी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका महासचिव प्रमेबहादुर बस्नेत, अखिल नेपाल शिक्षक संगठन महासचिव रामजी आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । शिक्षक तारा क्षेत्रीको स्वागतसँगै सुरु भएको कार्यक्रमको अध्यक्षता रुपन्देहीको जिल्ला अध्यक्ष खिमा थापा र सुनवलकी सचिव भूमि पुनले संचालन गरेकी थिईन ।

भेलाले रुपन्देहीकी ईन्दीरा पन्थीको अध्यक्षतामा २७ सदस्यीय नयाँ प्रदेश समिति गठन गरेको छ । जसको उपाध्यक्षमा दाङ्गका विशाल क्षेत्री, सचिवमा पाल्पाका गोमाकुमारी थापा, सहसचिवमा कपिलवस्तुकी शारदा पराजुली, कोषाध्यक्षमा नवलपरासीकी कमला पाण्डे रहेका छन् ।

त्यस्तै सदस्यहरुमा लिला खनाल, विमला पौडेल, भूमि पुन, सरस्वती पाण्डे, विना गैह्रे, धनी गिरी, गिता बुढाथोकी, शोभा वली, विष्णुकुमारी पोख्रेल, गीता सिग्देल, शिला नेपाली, प्रेमकला पाण्डे, मनमैया दर्लामी, दिलकुमारी भट्राई, राधा ऐडी, लक्ष्मी गौतम, शान्ता गौतम, कविता भूषाल, गिता पौडेल, दिलकुमारी भट्राई, सिता न्यूरो लगायत रहेका छन् । बाल विकास संघर्ष समितिले गत बैशाख ३१ गते शिक्षा मन्त्रालयमा बुझाएको ८ बुँदे मागपत्रलाई समेत अनुमोदन गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com