एक साताभित्रै राजपा सरकारमा सहभागी हुन्छ : महासचिव झा

काठमाडौं, २८ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले राजपा बढिमा एक साताभित्रै सरकारमा सहभागी हुने दाबी गरेका छन् ।

उनले भने, ‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग सम्वाद जारी राखेको छ, यसबारेमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल भइरहेको छ, तर अहिलेसम्म औपचारिक सहमति भइसकेको भने छैन् ।’

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाईसकेकोले अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथग्रहणको वातावरण बन्ने बित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने जिकिर गरे ।

नेता झाले यही आउने बिहीबार वा शुक्रबार नै राजपा सांसद चौधरीको सपथ ग्रहण भए त्यसको एक÷दुई दिनभित्रै पार्टी सरकारमा जाने पनि दाबी गरे ।

उनले आफूहरुले संविधान संशोधनमा ‘टायम फ्रेम’ खोजेको पनि जनाए । उनले भने, ‘संविधान बनेको तीन वर्ष भित्र अर्थात २०७५ असोज ३ गतेसम्म सबै कानून निर्माण भइसक्नुपर्छ, यो असोज ३ गतेअघि नै संविधान संशोधन होस् भन्ने हाम्रो चाहना हो, हामी सकारात्मक छौं ।’

त्यस्तै उनले २ नम्बर प्रदेशको सरकार आफूहरुको कारणले नढल्ने समेत जिकिर गरे । उनले थपे,‘२ नम्बर प्रदेशमा राजपा र फोरमलाई नै सरकार बनाउन जनताले मत दिएका हुन, हामी जनमतको कदर गर्छौं, त्यसबाट दायाँबायाँ हुँदैनौं, हाम्रो कारणले सरकार ढल्दैन, हामी असहयोग गर्दैनौं ।’

उनले आफ्नो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधि सभाको सभामुखको अफर गरे जिम्मेवारी वहन गर्न तयार रहेको पनि बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com