चार महिनापछि भारतबाट विराटनगरमा रेल आउने

काठमाडौं, २८ जेठ । आगामी चार महिना भित्र भारतको बथनाहाबाट विराटनगरसम्म रेल आउने भएको छ । भारतको रेलवे विभागका इञ्जिनियरिङ्ग र निर्माण कम्पनीको टोलीले रेलमार्ग निर्माणको अनुगमन गरेको छ ।

टोलीले निर्माण कम्पनीलाई रेलमार्ग निर्माणमा तीब्रता दिन निर्देशन दिएको छ । भारत सरकारले मोरङको कटहरीसम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिदिने नेपाल सरकारसँग भएको सम्झौता अनुसार निर्माण कार्य गरिरहेको छ । भारत सरकारले ४ अर्ब ४८ करोडको लागतमा बथनाहादेखि कटहरीसम्म रेलमार्ग निर्माण गरिर हेको छ ।

नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारत सरकारले भौतिक पूर्वाधार लगायतको काम गरिदिने द्विपक्षीय सम्झौता भएको छ । निर्माण कम्पनीका नायब महाप्रबन्धक जेसी मण्डलले अक्टुबर सम्ममा भारतको बथनाहा देखि विराटनगर १६ लबाघाटसम्म ८ किलोमिटर रेललिक राखिसकेर बुधनगर भन्सार यार्डसम्म रेल ल्याउने लक्ष्यका साथ काममा तीब्रता दिएको बताए ।

भारतको घेडियारी, नेपालको बुधनगर र कटहरीमा गरी तीन वटा रेलवे स्टेशन निर्माण गर्नु पर्ने मध्ये अब कटहरीको मात्रै बाँकी छ । विराटनगर नाकादेखि ९ किलोमिटर दक्षिणस्थित भारतको बथनाहा देखि मोरङको कटहरीसम्म कुल १८ दशमलव ६ सय १ किलोमिटरमा रेलमार्ग निर्माण हुनेछ ।

रेल विभागका महानिर्देशक आचार्यले बथनहा–विराटनगर रेलमार्गको बुधनगरको भन्सार यार्डसम्म र जयनगर–जनकपुरको रेलमार्गको जनकपुरसम्म आउँदो अक्टुबरसम्ममा निर्माण काम सम्पन्न गरेर रेल कुदाउने सहमतिका साथ काम भइरहेको बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com