अध्यक्षमण्डलमै सबै अधिकार सीमित रहेको राजपा महासचिवको गुनासो

विर्तामोड (झापा), २८ जेठ । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलले सबै अधिकार आफैमा सीमित गरेको गुनासो राजपाका महासचिव राजीव झाले गरेका छन् ।

सोमबार विर्तामोडमा आयोजित अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा महासचिव झाले अध्यक्षमण्डल भंग गरिनुपर्ने अवस्थासमेत आएको बताएका छन् ।

उनले पार्टीलाई एक ढिक्का बनाउन र नेता कार्यकर्ताहरुलाई सक्रिय बनाउन महाधिवेशन अत्यावश्यक रहेको बताए । यथाशीघ्र महाधिवेशन गरी अध्यक्षमण्डलीय प्रणाली हटाउनुपर्ने उनले बताए ।

मधेशी जनताको भावनाअनुरुप छ राजनीतिक दलहरु एक हुँदा पनि पार्टीभित्र विभिन्न गुटउपगुट देखिएकोले यसलाई अन्त्य गर्न अध्यक्षमण्डललाई सुझाव दिए ।

अध्यक्षमण्डलले सम्पूर्ण अधिकार आफैमा सीमित गर्दा पार्टीका अध्यक्ष नेता कार्यकर्ताहरु निराश हुँदै गएको बताउँदै नेता कार्यकर्ताहरुलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com