मधेशका १२ जिल्लामा स्यालो ट्युबेल जडानका लागि भारतद्वारा १० करोड सहयोग

काठमाडौं, २८ जेठ । नेपालका १२ जिल्लामा २७ सय स्यालो ट्युबेल जडानका लागि भारत सरकारले ९ करोड ९२ लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल–भारत मैत्री सिञ्चाई परियोजनामार्फत सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा स्यालो ट्युबेल जडानका लागि भारतले सहयोग गरेको हो ।

सहयोग रकमको चेक नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले उर्जा, जलस्रोत तथा सिञ्चाई सचिव सञ्जय शर्मालाई सोमबार हस्तान्तरण गरेका छन् ।

यस परियोजनाका लागि भारतले नेपाललाई २२ करोड ७६ लाख रुपैयाँ निकासा गरेको भारतीय दूतावासले जारी गरेको भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्यालो ट्युबेलले तराईका १२ जिल्लाका ८ हजार १ सय १५ हेक्टर जमिनमा बाह्रै महिना सिञ्चाइ सुविधा पु¥याउन छ । यसले किसानलाई गहुँ, धान र मौसमी तरकारी र फलफूल उत्पादन वृद्धि हुने भारतीय दूतावासको अपेक्षा छ ।

नेपालमा कृषि उत्पादकत्व बढाउन भारतले डीप ट्युबवेल र स्यालो ट्युबेलमार्फत २००४ देखि सहयोग सुरु गरेको हो । भारतको सहयोगमा धनुषा र महोत्तरीमा एक हजार स्यालो ट्युबेल निर्माण भइसकेको छ । जसको मूल्य ८ करोड ८७ लाख रुपैयाँ रहेको छ । यसबाट ३ हजार घरधुरीको करिब ३ हजार हेक्टर जमिन सिञ्चाइ भएको छ ।

त्यस्तै झापा, सुनसरी, सप्तरी र सिरहा जिल्लामा सन् २००८ मा डीप ट्युबेल सहयोग गरिएको हो । ८ करोड ८४ लाख रुपैयाँ सहयोगमा निर्माण भएको डीप ट्युबवेलबाट करिब ११ सय किसान परिवार लाभान्वित भएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com