प्रधानसेनापति क्षत्री भारतको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं, २८ जेठ । भारतीय सेनाका सेनाध्यक्ष जनरल बिपिन रावतको औपचारिक निमन्त्रणामा ६ दिने भारतको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानसेनापति राजेन्द्र क्षत्री सोमबार स्वदेश फिर्ता भएका छन् ।

उनलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भ्रमणको क्रममा उनले भारतका रक्षामन्त्री, रक्षा सचिव, राष्ट्रिय सुरक्षा सल्लाहकार, जल सह सेनाध्यक्षसहित अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

साथै उनले नयाँदिल्लीमा रहेको अमर जवान ज्योति शहीद स्मारक, देहरादुनमा रहेको खलंगा वीर गोर्खाली शहीद स्मारक ९प्जबबिलनब ध्बच ःझयचष्ब०ि र ओडिसा राज्यको आर्मी एयर डिफेन्समा रहेको शहीद स्मारकमा माल्यार्पण गरेका थिए । प्रधानसेनापति क्षत्री भारतीय सेनाका मानार्थ महारथी ९ज्यलयचबचथ न्भलभचब०ि समेत हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com