प्रदेश ५ का जनप्रतिनिधिको तलब खाने बाटो खुल्यो

चन्द्रकान्त खनाल, रुपन्देही, २८ जेठ । प्रदेश ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्वन्धि विधेयक प्रमाणिकरण गरेका छन् ।

नेपालको संविधानको धारा २०१को उपधारा २ बमोजिम प्रदेश प्रमुख झाबाट सोमबार विधेयक प्रमाणित भएको प्रदेश प्रमुखको कार्यालयले बिज्ञप्ति मार्फत जानकारी गराएको छ । यसअघि जेठ १६ गते बसेको प्रदेश सभाको बैठकले विधेयक पास गरेको थियो ।

प्रदेश प्रमुखबाट विधेयक प्रमाणिकरण भएपछी अव स्थानीय तहका जनप्रतिनिधिहरुलाई भत्ता खाने बाटो खुलेको छ । प्रदेश सभा बैठकले पारित गरेअनुसार अव जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलव भत्ता ४१ हजार रुपैया, उपप्रमुखको ३६ हजार रुपैया र सदस्यको १६ हजार रुपैया, उपमहानगरपालिकाका प्रमुखको ४० हजार रुपैया, उपप्रमुखको ३५ हजार रुपैया, वडाअध्यक्षको २६ हजार, कार्यपालिका सदस्यको १५ हजार रुपैया र वडा सदस्यको ९ हजार रुपैयाँ हुने छ ।

त्यस्तै नगरपालिकाको प्रमुखको मासिक ३५ हजार रुपैया, उपप्रमुखको ३० हजार रुपैया, वडा अध्यक्षको २५ हजार रुपैया, कार्यपालिका सदस्यको १३ हजार रुपैया, सदस्यको ८ हजार रुपैया र गाउपालिकाका अध्यक्षको मासिक ३० हजार रुपैया , उपाध्यक्षको २७ हजार रुपैया, वडा अध्यक्षको २० हजार रुपैया, कार्यपालिका सदस्यको १२ हजार रुपैया र सदस्यको ७ हजार रुपैया हुने छ ।मसिक तलव भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि उनीहरुले पाउनेछन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com