प्रदेश २ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

जनकपुरधाम, २८ जेठ । प्रदेश २ सरकारको आव २०७५।०७६को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । सोमबारको प्रदेशसभाको बैठकले नीति कार्यक्रमसहित दुई विधेयक पनि सर्वसम्मतले पारित भएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि सात जनाले संशोधन प्रस्ताव दर्ता गराए पनि सबैले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए । त्यसैगरी, नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा छुटेको भनेको राजर्षि जनक विश्वविद्यालयको स्थापना र विकासलाई समेत नीति तथा कार्यक्रममा समेटिने मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रतिबद्धता जनाएपछि कांग्रेसले पनि समर्थन गरेको थियो ।

यस्तै प्रदेश नं २ का मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक एवं सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेश २ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी बनेको विधेयक २०७५ पनि सर्वसम्मतले पारित भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com