भारतीय र नेपाली महिला सैनिकबीच प्रतिआतंकवाद अभ्यास

काठमाडौं, २९ जेठ । प्रतिविद्रोह, प्रतिआतंकवाद र जंगल वारफेयर सम्वन्धी नेपाल–भारत संयुक्त सैन्य अभ्यासमा पहिलो पटक नौ जना महिला सैनिक सहभागी भएका छन् । नेपाल–भारत संयुक्त सैन्य अभ्यास एक्स सूर्य किरणको १३ औं शृङ्खलामा नेपाली सेनाका तर्फबाट एक महिला अधिकृत सहित ९ जना सहभागी रहेका हुन् ।

एक्स सूर्य किरण प्रतिविद्रोह तथा जंगल वारफेयर, प्राकृतिक विपत्ति र प्रतिआतंकवादमा हेलिकोप्टरको समेत प्रयोग गरी सञ्चालन हुने सैन्य अभ्यास हो । नेपाल र भारतमा आलोपालो रुपमा सञ्चालन भइरहेको अभ्यासमा यसपटक नेपाली सेनाका ३ सय जना अधिकृत र जवान सहभागी छन् ।

तीमध्ये ९ जना महिला अधिकृत र जवान सहभागी छन् । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले पहिलो पटक महिला अधिकृत र जवानको सहभागिता भएको बताए । उनका अनुसार नेपालमा सम्पन्न एक्स सूर्य किरणको १२ औं शृङखलामा महिला अधिकृत र जवानको सहभागिता रहे पनि भारतमा पहिलो पटक सहभागिता रहेको हो ।

यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान–प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुग्ने विश्वास सेनाले लिएको छ । नेपाल–भारत संयुक्त सैन्य अभ्यासको १३ औं शृङखला भारतको पिथौरागढमा भएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com