ईदको दिनदेखि सरकारविरुद्ध सडकमा उत्रने मुस्लिम गठबन्धनको चेतावनी

काठमाडौं, २९ जेठ । मुस्लिम धर्मावलम्बीहरुको पर्वमा सरकारी विदा कटौती गरेको भन्दै ईदकै दिनदेखि देशभर सरकारविरुद्ध सडकमा उत्रने राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले चेतावनी दिएको छ ।

गठबन्धनका संयोजक समीम मियाँ अन्सारी र महासचिव मोहम्मद जाकिर हुसैनले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र दिँदै यस्तो चेतावनी दिएका छन् ।

वर्तमान सरकारले इदुल फित्र अज्हाको विदालाई राष्ट्रिय सार्वजनिक विदाबाट सामुदायिक विदामा खुम्च्याउनु, मुहम्मद जयन्तीको विदा पूर्णरुपमा कटौती गर्नु र केही खास धर्म तथा समुदायका विदाहरुलाई राष्ट्रिय विदाको रुपमा स्थापित गर्नुले धर्म निरपेक्ष राज्यको खिल्ली उडेको आरोप गठबन्धनले लगाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com