महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तीनदिने प्रजनन स्वास्थ्य तालिम

रुपन्देही, २९ जेठ । लुम्बिनी ग्रामिण विकास परिषदको आयोजना र सुद्धोधन गाउँपालिका वडा नं २ को आर्थिक सहयोगमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई तीनदिने प्रजनन स्वास्थ्य तालिम सम्पन्न भएको छ ।

तालिमको एक कार्यक्रमका बिच सुद्धोधन गाउँपालिका वडा नं २का अध्यक्ष बिष्णु प्रसाद बस्यालले समापन गरे । समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष बस्यालले घर घरमा पुग्ने महिला स्वास्थ्य स्वयम्सेविकालाई सक्षम बनाएपछि उनीहरुबाट पाउने सेवा प्रभावकारी हुने बताए ।

उनीहरु गाउँमा सचेतना फैलाउने पहिलो व्यक्ति भएको हुनाले तालिम दिएर सक्षम बनाउनुपर्ने भएको कारण वडाबाट तालिम दिएको बताए । वडा कार्यालयले उनीहरुलाई प्रोत्साहन तालिम दिएर सक्षम बनाउने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com