विद्युत चोरी गर्नेहरु पक्राउ

राजविराज, २९ जेठ । विद्युत चोरीमा संलग्न रहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत प्रहरीले विद्युत् चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराज, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अनुगमन टोलीद्वारा जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमनले विद्युत्को पोलमा हुकिङ गरिरहेका १७ जनालाई पक्राउ गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com