हिन्दू परिषद प्रदेश २ को विस्तारिक बैठक वीरगंजमा सम्पन्न

वीरगंज, ३० जेठ । हिन्दू परिषद नेपाल प्रदेश २ को विस्तारिक बैठक गहवामाई अतिथि सदन वीरगंजमा सम्पन्न भएको छ । गहवामाई मन्दिरमा पूजापाठ गरी शुरू भएको बैठकले ५ बुँदे निर्णय गर्दै सम्पन्न भएको महासचिव प्रमोद सिंहले बताए ।

प्रदेश २ का अध्यक्ष सचितनन्द दुबेको सभापतित्वमा सम्पन्न बैठकमा केन्द्रीय अध्यक्ष संतोष पटेल, प्रवक्ता श्रीराम उपाध्याय, सहकोषाध्यक्ष संजय सरार्फले शुभकामनासहित सक्रियताका साथ कार्य गर्न निर्देशन दिएका थिए ।

बैठकले प्रदेशको उपाध्यक्षमा नन्दू यादव, सचिव संदीप साह कानू, सहकोषाध्यक्ष सुरेश साह तेली, प्रवक्ता उमेश साह कानू, सल्लहकारहरुमा अनिल सरार्फ, राजेस्वर साहलाई मनोनीत गरेको छ ।

साथै असार १६ गते विश्व प्रसिद्ध गढिमाई मन्दिरमा बृहत सरसफाई गर्ने, प्रदेश २ को सम्पूर्ण जिल्लामा तीव्र गतिमा संगठन बिस्तार गर्ने, मठमन्दिर सरसफाई विशेष कार्यक्रम गर्ने तथा समन्वय सहकार्य गरी अगाडि बढ्ने बैठकले निर्णय गरेको अध्यक्ष सचितनन्द दुबेले बताए ।

बैठकमा हिन्दू परिषद नेपाल प्रदेश २ को वरिष्ठ उपाध्यक्ष भरत सरार्फ, सचिव मुना सोनी, कोषाध्यक्ष अंशु कुमार, कार्य समिति सदस्य सरिता उपाध्याय, आनन्द गुप्ता, श्यामबाबू गुप्ता, उधो श्रीवास्तव, उपेन्द्र साह, शिवशकर सर्राफ, बिरचि यादव, दिनेश कुमार, नरेश प्रजापति, बिजय चौरसिया, लक्ष्मी नारायण साह रहेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com