हवाई रुटबारे छलफल गर्न भारतीय टोली आउँदै

काठमाडौं, ३० जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरर्पोट्स अथोरिटी अफ इन्डिया (एएआइ) का प्राविधिक टोलीबीच जुन १४ र १५ मा हवाई रुटबारे काठमाडौंमा छलफल हुने भएको छ ।

एएआइका एयर नेभिगेसन सर्भिसका प्रमुखसहित ४ जनाको भारतीय टोली नेपाल आउँदै छन । छलफलमा नेपालका तर्फबाट प्राधिकरणका एयर नेभिगेसन सर्भिस प्रमुखसहित ५ जनाको टोली सहभागी हुनेछ ।

जुन १४ र १५ मा हुने बैठकमा नेपाल भित्रिने हवाई रूटबारे भारतीय पक्षसँग छलफल हुने छ । दुई देशका प्राविधिकहरुले ती रुटको सुरक्षाको पक्ष अध्ययन विश्लेषणपछि मात्र हवाइ रूटको विन्दूले अन्तिम रूप पाउनेछ । प्राविधिक टोलीको छलफलपछि हवाई रुटमा सकारात्मक निर्णय हुने नेपालको विश्वास छ ।

सरकारले हाल सञ्चालनमा रहेका विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलबाट भारतीय सहरहरुमा उडान गर्ने लक्ष राखेको छ । यो लक्ष्य कार्यान्वयन गर्न पनि नेपाल–भारत हवाई रुट सम्झौता अनिवार्य छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com