संयुक्त ‘अभ्यास सूर्यकिरण—१३’ समापन

काठमाडौं, ३० जेठ । प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि मित्रराष्ट्र भारतको पिथौरागढमा मिति जेठ १६ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेना बीचको संयुक्त ‘अभ्यास सूर्यकिरण—१३’ समापन भएको छ ।

भारतको मिजरममा मिति २०६७ सालबाट पहिलो पटक सुरु भएको यो संयुक्त अभ्यास हाल एक÷एक वर्षको अन्तरालमा नेपाल र भारतमा सञ्चालन हुने गर्दछ ।

अभ्यासमा नेपाली सेनाको तर्फबाट ‘गोरख बक्स गण’का प्रमुख सेनानी तिलक बहादुर थापा क्षेत्रीको कमाण्डमा ३०० फौज (१ सेक्सन महिलासहित) र भारतीय सेनाको तर्फबाट ‘१३ जम्मुकस्मिर राइफल्स’का महा सेनानी निपुन कृष्णनको कमाण्डमा ३०० फौज सहभागी भएका थिए ।

नेपाली सेनाको तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्षकको रुपमा गएका मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्की र भारतीय सेनाको तर्पmबाट उत्तर भारत एरिया हेर्डक्वाटर्सका चिफ अफ स्टाफ उपरथी नीरज वर्माले ‘अभ्यास सूर्यकिरण—१३’ को संयुक्त रुपमा समापन गर्दै सम्बोधनको क्रममा उनीहरुले यस्ता अभ्यासबाट दुई देशका सेनाको पेशागत ज्ञान अभिवृद्वि भई दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

साथै अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा अभ्यासमा सहभागी फौजहरुलाई बधाई समेत दिएका थिए ।

यस संयुक्त अभ्यासमा नेपाली सेना र भारतीय सेनाबीच सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो । दुई देशका सेनाबीच सम्पन्न सैनिक अभ्यासले सदियौंदेखि कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै द्विपक्षीय सकलदर्जाहरु बीचको समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com