वैदेशिक अनुदानले मात्रै देश विकास हुँदैन : भुसाल

चन्द्रकान्त खनाल, रुपन्देही, ३१ जेठ । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले नेपालको आर्थिक विकास र समृद्धिका लागि ऐतिहासिक अवसर आएकोले कम्युनिष्ट पार्टीले यसलाई समात्न सक्नुपर्ने बताए ।
रिपोटर्स क्लवले बुटवलमा आयोजना साक्षात्कारमा बोल्दै उनले अहिलेको ऐतिहासिक समय र अवसरलाई गुमाए मुलुक धेरै पछाडी पर्ने बताए । यस्ता ऐतिहासिक अवसर बिरलै आउछन । २००७ साल, ०१७ साल र ०४६ सालमा पनि यस्ता अवसर गुमाउदा मुलुक पछाडी पर्यो अहिले पनि त्यस्तै ऐतिहासिक अवसर आएको छ हामीले गुम्न दिदैनौ ।
उनले देश निर्माणको जिम्मा कम्युनिष्ट पार्टीको काधमा आएको उल्लेख गर्दै विकास र समृद्धिको जनताको चाहनालाई पुरा गर्ने बताए । नेता भुसालले काग्रेसले अवसरलाई समात्न नसकेर इतिहासमा पछाडी परे जस्तो कम्युनिष्ट पार्टी नेता कार्यकर्ता भ्रष्टाचारमा छैन भन्ने ग्यारेण्टी हुनुपर्ने बताए । वैदेशिक अनुदानले मुलुक नबने भएकाले स्वार्थमा अनुदान लिनु भन्दा ऋण लिएर दृढ संकल्पित भएर मुलुक निर्माणमा लाग्नुपर्ने बताए ।
अहिले चीनसँग नेपालको सम्बन्ध समस्या रहित रहेको भन्दै चिनबाट पुल मागेर, हाइड्रो, रेल मागेर हामी धनी हुदैनौं, रेलमा त हामी नै हिँड्ने होला नी भुसालले भने अहिलेको बजेट यथार्थ परक आएकाले साउनदेखि बृद्धभत्ता ५ हजार पुर्याउछौ भनेर गरेको प्रतिवद्धता समेत गर्न नसकेपनि आउदो वर्ष पुरा गर्ने बताए ।
फरक प्रशंगमा नेता भुसालले भने तिनाउ नदीमा भइरहेको उत्खननले तिनाउ नदीमा जसरी दोहन र लुट भइरहेको छ यसको राजनीतिक तहमा कुरा गर्दा मौन छ । दर्जनौ स्काईभेटर लगाएर खर्बाैको लुट गर्दा राज्य मौन छ, किन बुझन सकिएको छैन । उनले भने राजनीतिक नेतृत्व भ्रष्टचारबाट मुक्त हुने हो भने मात्रै यस्ता अनियमितता पुर्ण रुपमा रोकिने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com